दफा १७
उम्मेदवारको उमेरको गणना
निर्वाचनमा उम्मेदवार हुनको लागि उम्मेदवारको उमेरको गणना गर्दा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको हकमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने मितिसम्ममा र समानुपातिक निर्वाचन प्रणालीको हकमा उम्मेदवारको बन्दसूची पेश गर्ने मितिसम्ममा पच्चीस वर्ष उमेर पूरा गरेको हुनु पर्नेछ ।